Posted by Rajendra Bishwakarma On August - 25 - 2008
राम नेपाली
नयाँ संविधान निर्माण प्रकि्रया अब छिट्टै सुरु हुदै छ । गणतन्त्र नेपालको नयाँ संविधानमा दलितहरुको के के एजेण्डाहरु कुन रुपले समावेश गराउने भन्ने कुरा अबको दलित आन्दोलनले छिटो भन्दा छिटो संयुक्त रुपले सुस्पष्ट गर्न जरुरी देखिन्छ । दलित आन्दोलन र दलित समुदायले संयुक्त रुपले तय गरेको साझा सवालहरुलाई अब बन्ने संविधानमा दर्ज गर्न/गराउन दबाबका लागि सदन र सडक बीच कसरी तालमेल मिलाउने भन्ने कुरा पनि आन्दोलनले ठोस गनुपर्दछ । Read the rest of this entry »
Posted by Rajendra Bishwakarma On August - 25 - 2008
नेपाल दलित मुक्ति मोर्चा एकीकृत भक्तपुरको जिल्ला भेला भव्यताका साथ सम्पन्न भएको छ । जिल्ला भेलाको उद्घाटन नेपाल दलित मुक्ति मोर्चा एकीकृत का केन्द्रीय अध्यक्ष पार्टी केन्द्रीय सल्लाहकार तथा सभासद क। तिलक परियारले गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै अध्यक्ष क। तिलक परियारले दश बर्षे जनयुद्धमा महान् त्याग र बलिदानको कृतिमान खडा गरेको दलित समुदाय ऐतिहासिक सर्वहारावर्ग भएको र उनीहरुमा आधुनिक सर्वहारावर्गको गुण विद्यमान रहेकालॆ जनताको जनवादी राज्यसत्ता स्थापना गर्न दलितहरुको महत्वपूर्ण भूमिका रहने चर्चा गर्नुभयो । कम्युनिष्ट पार्टीको खोल ओढेको नेपाल मजदुर किसान पार्टी दलित मुक्तिको विषयमा उदासिन रहेको चर्चा गर्दै उहाँले दलित मुक्तिका लागि ने।s।पा।माओवादीले मात्रै महत्वपूर्ण पहलकदमी लिएको चर्चा गर्नुभयो । नेपाली दलितहरुको नेपाली समाजमा विद्यमान जातपात-छुवाछूत जस्तो असाध्यै निकृष्ट प्रथाको उत्पीडन खेप्न बाध्य बनाइएका मुलुकका एक चौथाई हिस्सा Read the rest of this entry »
Posted by Rajendra Bishwakarma On August - 12 - 2008

तेजबहादुर नेपाली
अहिले नेपालमा देखिएको जातीय तथा क्षेत्रिय आन्दोलनहरुले निकै चर्चाका साथ महत्व पाउदै संविधान सभामा समेत आफ्नो हैसियत स्पष्ट देखाएको अवस्था छ । शदियौं वर्षदेखि अन्याय र अत्याचारका विरुद्ध असांगठनिक रुपमा २००० सालमा पहिलो पटक बाग्लुड निवासी भगत सर्वजीत विश्वकर्मा र लक्ष्मीनारायण विश्वकर्माद्धारा थालिएको दलित आन्दोलनले २००४ साल देखि त संगठित रुपमा नै जातीय छुवाछूत प्रथाको विरुद्ध संघर्षको थालनी गरे । तर विडम्वना दलित मुक्ति आन्दोलन संगठित रुपमा नै ६० वर्षे वुढो भई सक्दा पनि संर्घषले कुनै किसिमको मुख्य उपलव्धी हासिल नगर्नु नेपाललाई मध्ययुगिन दासत्वतिर धकेल्नु हो । Read the rest of this entry »
Posted by Rajendra Bishwakarma On August - 8 - 2008
Posted by Rajendra Bishwakarma On August - 7 - 2008
फूलमान वल
काठमाडौं, साउन २२ - रातो टिर्सट, का“धमा सारंगी र मीठो लोकधुन । पोखरालाई गन्तव्य बनाउ“दै माइक्रोबसमा हु“इकिएकाहरूलाई स्वागत गर्न सारंगीसहित एक किशोर ढोकैमा झुल्किए । हालैको एकदिन आ“बु खैरेनी हु“दै हुस्सु चिरेर अघि बढेको माइक्रोभित्र क्यासेट हैन १५ वर्षो गोविन्द गर्न्धर्व गीत रन्काइरहेका थिए । Read the rest of this entry »
Posted by Rajendra Bishwakarma On August - 7 - 2008
जेबि विश्वकर्मा
काठमाडौं २२ साउन- संविधानसभामा गठन हुने विभिन्न समिति र उपसमितिहरुमा दलित समुदायको पं्रतिनिधित्वका पक्षमा रहेको राजनीतिक दलका नेताहरुले बताएका छन् । संघीय राज्य प्रणालीमा समानुपातिक अधिकार दलित समुदायले पाउने संवैधानिक व्यवस्थाका लागि पनि राजनीतिक दलहरुले अध्ययन गरिरहेको दलका नेताहरुले बताएका छन् । Read the rest of this entry »
Posted by Rajendra Bishwakarma On August - 4 - 2008
पुस्तक ः दलित आन्दोलनको पृष्ठभूमिमा प्रणेता टीआर विश्वकर्मा
लेखक ः सरोजदिलु विश्वकर्मा
पृष्ठ ः २५० खण्ड ः सात
मुल्य ः २००
प्रकाशक ः समानताका लागि सांस्कृतिक अभियान
इतिहासदेखि नै लादिँदै आएको सामाजिक छुवाछूत र सांस्कृतिक विभेद अमानवता सामन्तवादविरुद्ध राजनीति सागाठानिक साहित्यीक शैेक्षिक एवं पत्रकारिताको माध्यमबाट ४३ वर्षसम्म अनवरत लडेका अन्तर्राष्ट्रिय दलित नेता टीआर विश्वकर्माको ऐतिहासिक जीवनी दलित आन्दोलनको पृष्ठभूमिमा प्रणेता टीआर विश्वकर्मा ू पुस्तक सार्वजनिक भएको छ । Read the rest of this entry »
Posted by Rajendra Bishwakarma On August - 1 - 2008
- अशोक दर्नाल
धादिङ सदरमुकामबाट चार घण्टाको पैदलयात्रापछि पुगिन्छ ज्यामरुङ गाविस- ५ को ‘रमाइलो बस्ती’ । हो यही बस्तीकी कमला परियारको कथा लेख्दैछु म । गत माघ २६ गते १७ वषर्ीया कमला सा“झको खान खाएपछि सुत्ने तरखरमा थिइन् । त्यो दिन आमाबाबु नारायणगढ गएका थिए । घरमा उनी एक्लै थिइन् ।
अठार वषर्ीय छिमेकी हरि गुरुङ उनको घरमा आएर खाटमा बस्ो । अघिपछि पनि आउ“थे उनी । त्यो दिन घरमा अरू कोही नभएको मौका पारी कमलालाई समाते । र, जबरजस्ती शारीरिक सम्बन्ध राखे । केही भएमा आफूले जिम्मा लिने आश्वासन दि“दै कमलाको घरबाट निस्किए । कमलाले त्यो घटना कसैलाई बताइनन् । उनी गर्भवती बनिन् । Read the rest of this entry »
Posted by Rajendra Bishwakarma On July - 31 - 2008
अमृता अनमोल
बुटवल, साउन १५ - आफ्ना सुँगुरले छोएका भनिएका भाँडाको जरिवाना तिर्न नमान्दा गाउ“लेले कालोमोसो लगाएर गाउ“निकाला गर्ने धम्की दिएपछि न्याय खोज्दै प्रहरी चौकीमा गएका रूपन्देही छोड्की रामनगर गाविसका दलित जयराम हरिजन घर फर्केका छन् ।
इलाका प्रहरी कार्यालय धकधईका इन्चार्ज अमेरिकन चन्दको नेतृत्वमा स्थानीय बासिन्दा, राजनीतिक दलका कार्यकर्ता र स्थानीय दलित कार्यकताको रोहवरमा गाउ“निकाला गर्ने धम्की दिएका गाउ“लेले गाउ“मा बस्न दिने लिखित सम्झौता गरेपछि उनी घर फर्केका हुन् । Read the rest of this entry »
Posted by Rajendra Bishwakarma On July - 30 - 2008
आफ्ना सुँगुरले छोएका भाँडाको जरिवाना नतिरे कालोमोसो दलेर गाउँनिकाला गर्ने धम्की दिएपछि रूपन्देही छोटकीरामनगरका दलित जयराम हरिजन छोइएका भनिएका भाँडा लिएर न्याय खोज्दै इप्रका चौकी धकधईमा । गत बिहीबार साँझ हरिजनको खोरमा थुनेको सुँगुर गाउँका धुपा केवट र चिनक नाउका घरभित्र पस्दा भान्सामा राखेका कसौडी, बाल्टी, कराहीलगायतका भाँडा छोएको स्थानीयको दाबी छ ।
(तस्वीर : अमृता अनमोल/कान्तिपुर दैनिक)
सुँगुरले भाँडा छोएपछि दलितलाई ज्यान मार्ने धम्की विष्णु घिमिरे/नयाँ पत्रिका
2008-07-30,Wednesday
बुटवल, १४ साउन
सुँगुरले भाँडा छोएको आरोपमा एक दलित परिवारलाई उपल्लो जातका भनिनेले ज्यान मार्ने धम्की दिएका छन् । पीडित दलित परिवार प्रहरीको शरणमा पुगेको छ । रूपन्देहीको छोटकी रामनगर गाविस-७ छोटकी पकडिहवाका जयराम चमारलाई स्थानीय चिनक नाउँ र धुपा केवटले ज्यान मार्ने धम्की दिएका हुन् । गत बिहीबार साँझ सुँगुरले घरबाहिर रहेका भाँडा छोएको आरोपमा उनीहरूले चमारलाई सो धम्की दिएका हुन् । पीडित चमारका अनुसार दुईवटा कराइ, थाल, बाल्टी, पन्यू, बाटा र आमखोरा सुँगुरले छोएको थियो । भाँडा छोएलगत्तै पीडकले ज्यान मार्ने धम्की दिएको चमारले बताए । उनले भने, ‘तथानाम गाली गरे । पिट्छौँ, मार्छौँ भने । बूढी र छोरालाई पनि गाली गरे ।’ धम्कीपछि उनीहरूले भाँडा फिर्ता गर्न भन्दै चमारको साइकल लुटेर लगेका छन् । Read the rest of this entry »